राजकुमार चेपाङ मृत्युकाण्ड: सेनाका हुद्दा पुर्पक्षका लागि थुनामा

जिल्ला अदालत चितवनले कु’टपि’टपछि मृत्यु प्रकरणमा सेनाका जवानलाई आज पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । सेनाका हुद्दा पदमा कार्यरत चिरणबहादुर बुढालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो । अदालतका श्रेस्तेदार ईश्वर आचार्यका अनुसार जिल्ला न्यायाधिश गायत्रीप्रसाद रेग्मीको एकल ईजलासले उक्त निर्णय गरेको हो ।
राप्ती नगरपालिका वडा नं। २ का २४ वर्षका राजकुमार चेपाङको कु’टपिटपछि गत साउन ८ गते मृत्यु भएको थियो । घटनामा संलग्न रहेको आरोपमा सेनाका हुद्दा बुढालाई भदौ ४ गते प्रहरीले पक्राउ गरी मुद्दा अघि बढाएको थियो । मृतक राजकुमारका बुबा विष्णुलालले भदौ २५ गते किटानी जाहेरी दिएपछि मुद्दा अघि बढेको हो । राजकुमारसहित सात जनालाई साउन १ गते निकुञ्ज सुरक्षामा खटिएका सैनिकले नियन्त्रणमा लिएका थिए । सेनाले निकुञ्जमा प्रवेश गरेका सात जनामध्ये दुई महिलाबाहेक पाँच पुरूषलाई कु’टपिट गर्नुका साथै या’तना दिएको र महिलाहरुलाई अपशब्द बोल्दै दु’व्र्यवहार गरेको पीडितहरुले आरोप लगाउँदै आएका छन् । छुटेर आएदेखि बिरामी भएका राजकुमारले स्थानीय मेडिकलमा उपचार गराईरहेका थिए । मेडिकलको उपचारले निको नभएपपछि भरतपुर अस्पताल ल्याईएका उनको उपचारको क्रममा मृत्यु भएको हो ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *