ब’लात्कार आरोपित बालसुधार गृहमाः पक्राउ परेका पञ्च धरौटीमा रिहा

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलवार १९:३१

सत्र वर्षीया किशोरीलाई ब’लात्कार गरेको आरोपमा दुई बालकलाई अदालतले आज बालसुधारगृह पठाउने आदेश गरेको छ । सप्तरी जिल्ला अदालतका प्रमुख न्यायाधीश चन्द्रमणि ज्ञवालीको आदेशमा दुई आ’रोपितलाई पुर्पक्षका लागि बालसुधारगृह वीरगञ्ज पठाउने आदेश भएको अदालतले जनाएको छ ।
अभियुक्तसहित डाक्नेश्वरी नगरपालिका–७ ललितपुरका २७ वर्षीय धर्मदेव मण्डल र २५ वर्षीय बिसु भनिने विष्णु मण्डल तथा अठार वर्षमुनिका दुई जना र चार जनाले भदौ २९ गते बिहान ब’लात्कार गरेको उजूरी गर्न गाउँका पञ्चले रोक लगाएपछि भदौ ३० गते पीडितले आ’त्मह’त्या गरेको भनी इलाका प्रहरी कार्यालय, कल्याणपुरमा उजूरी दर्ता छ ।
ब’लात्कारको उजूरी गर्न रोक लगाउने तीन पञ्चलाई आ’त्मह’त्या दु’रुत्साहन मुद्दामा जनही रु एक लाख १० हजार धरौटी माग गर्ने आदेश भएको छ । पक्राउ परेका पञ्च जयकान्त मण्डल, वासुदेव मण्डल र सत्यनारायण मण्डल धरौटी राखी आज रिहा भएका छन् ।
धानखेतमा पानीको अवस्था हेर्न गएकी छोरीमाथि सामूहिक ब’लात्कार भएको जानकारी दिँदै पीडितकी आमाले प्रहरी कार्यालय जान खोज्दा पञ्चले धम्क्याउँदै उजूरी गर्न रोकेको र आरोपितबाट रु ५५ हजार क्षतिपूर्ति भराउने निर्णय सुनाएको बताउनुभयो । प्रहरीका अनुसार स्थानीयवासी शत्रुघ्न मण्डलका घरमा बसेको पञ्चायतमा निज शत्रुघ्नसहित उनका दाजु जयकान्त, भाइ देबु, सत्यनारायण मण्डल, वासुदेव मण्डल, झमेली मण्डल, रामजी भनिने बेचन मण्डल, उचितलाल मण्डल, बिन्देश्वर मण्डल र वंशराज मण्डलले धम्क्याउँदै उजूरी गर्न रोकेका थिए ।
घटनास्थलमा पीडितले जोगिनका लागि धानबाली र आली समातेर गरेको सङ्घर्षका चिह्न, मडारिएको धानका बाला, फुटेका हातका चुरा र भिडिओ रेकर्डसमेत प्रमाण छ । प्रहरीले आ’त्मह’त्या दु’रुत्साहनमा जयकान्त, वासुदेव र सत्यनारायणलाई भदौ ३० गते पक्राउ गरेको थियो । ब’लात्कारको आरोपमा दुई जना बालकलाई प्रहरीले यही असोज १ गते राति पक्राउ गरेको थियो भने दुई जना अझै फरार छन् । रासस

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *