प्रदेश कमिटीका पदाधिकारी, मुख्यमन्त्री र असन्तुष्ट सांसदहरुलाई काठमाडौं डाकियो

काठमाडौ । सत्तारुढ नेकपाले प्रदेश कमिटीका पदाधिकारीसहित मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई छलफलका लागि काठमाडौंमा बोलाएको छ । कर्णाली प्रदेशको संसदीय दलमा विवाद बढेपछि नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले छलफलका लागि बिहीबार काठमाडौं बोलाएका हुन । आज बालुवाटारमा भएको दुई अध्यक्षविचको छलफलले प्रदेश कमिटीका पदाधिकारी, मुख्यमन्त्री र असन्तुष्ट सांसदहरुलाई काठमाडौं बोलाउने निर्णय गरेको हो । नेकपा कर्णाली प्रदेश कमिटीमा इन्चार्ज जनार्दन शर्मा, सहईन्चार्ज यमलाल कँडेल, अध्यक्ष गोरखबहादुर बोगटी र सचिव मयाप्रसाद शर्मा रहेका छन् । कँडेलसँगै संसदीय दलका नेता तथा मुख्यमन्त्री शाही, शाहीले प्रमुख सचेतकबाट हटाएका गुलाबजंग शाह, मन्त्री प्रकाश ज्वाला र सांसद चन्द्रबहादुर शाहीलाई पनि काठमाडौं बोलाइएको छ । दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि विवाद बढेको थियो ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *