३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि

२७ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ५५६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना १५ हजार ५७७ परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
थपिएका संक्रमितमध्ये  २१३९ जना काठमाडौंका छन् ।
यससँगै कुल संक्रमितको संख्या १ लाख १५ हजार ३५८ पुगेको छ । उनीहरुमध्ये ६६३ जनाको मृत्यु भएको छ भने ७८ हजार ७८० संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १५०३ जना संक्रमणमुक्त भएका छन् ।
 

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *