लिबियामा अपहरित सात भारतीय नागरिक मुक्त

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार १२:३५

लिबियामा अ’पहरणमा परेका सात जना भारतीय नागरिक अ’पहरण मुक्त भएको बताइएको छ । ट्युनिसियाका लागि भारतीय राजदूतले सो कुराको जानकारी दिनुभएको हो । उहाँले सो अ’पहरणमा परेका सात जना भारतीय नागरिकलाई आइतबार अ’पहरणकारीले मुक्त गरेका जानकारी दिनुभयो ।
उनीहरु लिबियाको आसेरिफ भन्ने ठाउँबाट गत सेप्टेम्बरको १४ तारिखमा अ’पहरणमा परेका थिए । उनीहरु भारतको आन्ध्र प्रदेश, बिहार, गुजरात र उत्तर प्रदेशका नागरिक रहेका पनि उहाँले बताउनुभयो । भारतले गत बिहीबार मात्र आफ्ना नागरिकहरु अ’पहरणमा परेका जनाएको थियो । त्यसपछि ट्युनिसियामा रहेको भारतीय दूताबासले उनीहरुको अवस्थाको बारेमा खोजी शुरु गरेको थियो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ताले आफ्ना नागरिकहरु लिबियामा अ’पहरणमा परेका र उनीहरुको खोजी कार्य जारी रहेको जानकारी गएको बिहीबार मात्र दिनुभएको थियो । लिबियामा भारतको राजदूताबास नरहेकोले ट्युनिसियामा रहेको दूताबासबाट उनीहरुको बारेमा खोजी थालिएको थियो ।
भारत सरकारले लिबिया सरकार र अरु पनि अधिकारवादी संघसंस्थाहरुलाई आफ्ना नागरिकको खोजी गरिदिन आग्रह गरेको थियो । पछि अ’पहरणकारीहरुले नै भारतीय नागरिक आफ्नो सम्पर्कमा रहेका र उनीहरु सकुशल रहेका भनी तस्बिर सार्वजनिक गरेका थिए ।
त्यसलगत्तै उनीहरुले ती भारतीयलाई अ’पहरणमुक्त गरिदिएका बताइएको छ । अ’पहरणको कारण र उनीहरुलाई के कसरी रिहा गरियो भन्ने बारेमा भने केही पनि बताइएको छैन । एएनआई

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *