नाइजेरियामा बन्दुकधारीद्धारा १२ सर्वसाधारणको गोली हानी ह’त्या,कैयौँ घाइते

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार १२:२९

नाइजेरियाको कादुना राज्यमा अज्ञात ब’न्दुकधारीहरुले १२ जना सर्वसाधारण गाउँलेको गो’ली हानी ह’त्या गरेका छन् । उनीहरुले कादुना राज्यको गिवा गाउँमा ती गाउँलेको ह’त्या गरेका हुन् । ठूलो संख्यामा आएका ब’न्दुकधारीहरुले अन्धाधुन्ध गोली प्र’हार गरेर उनीहरुको ह’त्या गरेका र अरु कैयौँलाई नराम्ररी घाइते बनाएका छन् ।
गएको शुक्रबार र शनिबार सो गाउँमा ठूलो हिं’सा भएको प्रहरीले जनाएको छ । तर ती गाउँलेको कसले र किन ह’त्या गरेको हो भन्ने बारेमा भने प्रहरीले केही पनि बताएको छैन । गिवा गाउँको किदान्दान र कदाई भन्ने स्थानमा ती ब’न्दुकधारीहरुले गाउँलेमाथि ह’मला गरेका थिए ।
प्रत्यक्षदर्शीहरुले गएको शुक्रबार र शनिबार ती स्थानमा ठूलो संख्याका ह’तियारधारी आएर बन्दुकले ह’मला गरेका थिए । उनीहरुले दर्जनौँ गाउँलेलाई घाइते बनाएका छन् । ती गाउँमा गएका केही महिनादेखि हिं’साका घटना भइरहेका छन् । तर ती ह’त्याको जिम्मेवारी भने कुनै पनि समूहले लिएको छैन ।
ती जिल्लाका जिल्ला प्रमुखहरुले शान्ति सुरक्षा कायम गर्नका लागि भन्दै यहाँको प्रान्तीय सरकारसँग थप सुरक्षाकर्मी माग गरेको जानकारी दिनुभएको सिन्ह्वा समाचार समितिले जानकारी दिएको छ । एएनआई

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *