भरतपुर अस्पतालमा कोरोनाबाट महिलाको मृत्यु

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार ०७:५६

भरतपुर अस्पतालमा कोरोना सङ्क्रमित वेवारिसे महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीया महिला रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो । उनीको उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको हो ।
यही असोज १५ गते ज्वरो, खोकी र श्वासप्रश्वाशमा समस्या भइ अस्पताल भर्ना भएकी उनीमा आसोज १९ गते कोरोना पुष्टि भएको थियो । स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि १९ गते नै कोभिड सघन उपचार कक्षमा राखी उपचार गरिएको थियो ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *