जिप्रका काठमाडौंका सेवाहरु असोज ४ गते देखि पुनः सञ्चालन हुने

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयका स्थगित सेवाहरु असोज ४ गते आइतबारदेखि पुनः सञ्चालन हुने भएको छ ।प्रशासन कार्यायले बिहीबार सूचना जारी गरेर असोज ४ देखि सेवा खुला हुने जनाएको हो । प्रशासन कार्यालयले साउन २५ देखि कोरोना संक्रमणको जोखिम बढेको भन्दै केही सेवाहरु स्थगित गरेको थियो ।
कार्यालयमा भिड हुन नदिन प्रशासनले नागरिकता प्रमाणपत्र, नागरिकताको प्रतिलिपी, नाबालिग परिचयपत्र, राहदानी, हातहातियार दर्ता नवीकरण सेवा लिन एक दिनमा दुईवटा नगरपालिकाका नागरिकमात्र आउन पाउने गरी बार तालिका बनाएको छ ।
संस्था दर्ताको काम सोमबार र बुधबारमात्र हुनेछ, नवीकरण आइतबार, मंगलबार र बिहीबार हुनेछ । पत्रपत्रिका र छापाखाना दर्ता र विधान संशोधनको काम शुक्रबार मात्रै हुने सूचनामा उल्लेख छ । संघसंस्थाको प्रतिलिपि पत्रचारसम्बन्धी सेवा भने प्रत्येक दिनको ४ बजेपछि गरिने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
यसबाहेक शान्ति सुरक्षाको निवेदन र कानुन बमोजिम हुने मुद्दा सम्बन्धी कार्य, सरकारी कार्यालय र आयोजनासँग सम्बन्धित समन्वय र छलफलको काम भने हप्ताको छ दिन नै सञ्चालन हुने जनाइएको छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *