नारायणी अस्पतालको ओपीडी सेवा पुनः सञ्चालन

१ असोज, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा ओपीडीसहितको जनरल सेवा पुनः सुरु भएको छ । पर्सा जिल्लामा कोरोना संक्रमणको दर घट्दै गएका कारण बिहीबारदेखि ओपीडी सेवा सुचारु गरिएको नारायणी अस्पतालले जनाएको छ ।
अस्पताललमा कार्यरत स्वास्थ्यकर्मी र अन्तरंग विभागमा भर्ना भएका विरामीमा समेत कोरोना संक्रमण देखिएपछि साउन ९ गतेबाट नारायणीमा आकस्मिक बाहेकका सेवा बन्द गरिएको थियो । अस्पतालमा प्रसुति लगायतकेही अत्यावश्यक सेवा भने यसअघिदेखि नै सुचारु गरिएको थियो ।वीरगञ्जमा लामो समय निषेधाज्ञा कायम रहेको, कोरोना संक्रमणबाट मानिसको मृत्यु समेत हुन पुग्दा सर्वसाधरणले सावधानी अपनाउँदा संक्रमण घटेको चिकित्सकहरुको बुझाइ छ ।
स्वास्थ्य सुरक्षा सतर्कताका अपनाउँदै प्रत्येक विभागमा २५/२५ जना बिरामी हेर्नेगरी ओपीडी सेवा सुचारु गरिएको नारायणी अस्पतालका प्रवक्ता बरिष्ठ चर्मरोग विशेषज्ञ डा. अतुलेशकुमार चौरसियाले जानकारी दिए ।
‘नियमित ओपीडी सेवा सुरु गरेका छौं । प्रत्येक विभागको २५/२५ वटा टिकट काटेर ओपीडि सेवा सुरु गरिएको हो,’ प्रवक्ता डाक्टर चौरसियाले भने, ‘एक सातासम्म परिस्थिति मुल्याङ्कन गर्ने र संक्रमणको स्थिति हेरेर आवश्यक निर्णयहरु गर्दै जानेछौं ।’
नारायणी अस्पतालमा नाककान घाँटी, सर्जरी, हाडजोर्नी, छाला, स्त्री तथा प्रसुति, मेडिसिन, आँखा, बाल रोग लगायतका ओपीडी सेवा सञ्चालनमा छ । पहिलो लहरको संक्रमण घटेपछि अस्पतालमा बढी भिडभाड हुन पुगेको थियो । जसले गर्दा अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा उपचाररत बिरामीमा समेत संक्रमण देखिएको थियो ।
‘संक्रमणलाई पनि विचार गर्नुपर्ने छ, सेवा पनि दिनुपर्ने छ ।’ प्रवक्ता चौरसियाले थपे ।कन्ट्याक्ट ट्रेसिङका क्रममा संक्रमित कम भेटिएकोले पर्सामा सुखद संकेत देखिएको छ । लक्षण केहि छैन भने पीसीआर नगर्ने रणनीतिक लिईएको कोभिड– १९ महामारीमा खटिएका अधिकारीहरु बताउँछन् । बुधबार २ सय ९० जनामा गरिएको पीसीआर परीक्षणमा १९ जनामा देखिएको छ ।
नारायणी अस्पतालले ओपिडी सहितको जनरल सेवा लामो समयसम्म बन्द गर्दा सर्वसाधरण मर्कामा परेको गुनासो आईरहेको थियो । वीरगञ्जको एक मात्र सरकारी अस्पताल नारायणी अस्पतालमा पर्सा, बारा, रौतहटका मात्रै नभएर छिमेकी मुलुक भारबाट समेत सेवाग्राही उपचारका लागि आउने गरेका छन् ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *