मन्त्रि वर्षमान पुनले मन्त्रिपरिषदमा लगे नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानलाई पुन: नियुक्तिको प्रस्ताव

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार १०:०९

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नै पुन : चार वर्षे कार्यकालका लागि प्रस्ताव गरेको ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनको सचिवालयले जानकारी दिएको छ।
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पुनका सचिवालय प्रमुख दुर्गाप्रसाद चापागाईंले आज बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत सोमबारको मन्त्रिपरिषद बैठकमा मन्त्री पुनले घिसिङलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्तिका लागि प्रस्ताव पेश गरेको जानकारी दिएका हुन् ।
चापागाईले भनेका छन् – नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिका सन्दर्भमा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री माननीय वर्षमान पुन अनन्तज्यूले गत सोमबारको मन्त्रिपरिषद् बैठकमा कुलमान घिसिङलाई आगामी चार वर्षका लागि कार्यकारी निर्देशक नियुक्ति गर्न प्रस्ताव पेश गर्नुभएको र हाल उक्त प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विचाराधीन अवस्थामा रहेको छ । अतः प्राधिकरणको आवश्यकता र आम जनचाहनालाई मध्यनजर गर्दै मन्त्रिपरिषद्ले उक्त प्रस्तावमाथि छिट्टै निर्णय गर्ने आशा गर्दछु ।
चापागाईंले मन्त्री पुनले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग परामर्श गरेरै घिसिङको मात्र नाम मन्त्रिपरिषदमा प्रस्ताव गरिएको स्पष्ट गरे ।
७३ सालको भदौ २९ गते नियुक्त भएका उनको चार वर्षे कार्यकाल यही भदौ २९ गते सकिएको हो । कुलमान घिसिङको नेतृत्वमा प्राधिकरणले वर्षौ देखि घन्टौ रहदै आएको लोडसेडिङको अन्त्य गरेको थियो । घन्टौ अन्धकारमा बिताई रहेका जनतालाई एक्कासि लोडसेडिङ मुक्त गराएपछी जनताले उनलाई भगवान नै मान्न थालेका हुन्। देश लोडसेडिङ मुक्त हुनुमा कुलमानको नै मुख्य भूमिका रहेको सबैको बुझाइ छ । त्यस्तै घाटामा रहेको प्राधिकरणलाई १२ अर्ब रुपैयाँसम्म नाफामा लैजाने, विद्युत् चुहावटलाई १५ प्रतिशतसम्म झार्नेलगायत साहसिक कदम उनले सम्पन्‍न गरेका थिए।
कुलमान कै नेतृत्वमा देश लोडसेडिङ मुक्त भएको भन्दै सामाजिक संजालमा कलाकार देखि सर्बसाधरणले कुलमानको पुन: नियुक्ति हुनु पर्छ भन्ने माग राख्दै आएका छन् । गत २८ भदौमा कार्यकारी निर्देशकका रुपमा चार वर्षे कार्यकाल सकाएका घिसिङको प्राधिकरणले ३१ भदौमा औपचारिक बिदाइ गरेको थियो ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *