सरकारले डिजेलको मूल्य लिटरमा १ रुपैयाँले घटायो

३१ भदौ, काठमाडौं । सरकारले डिजेल र मटितेलको मूल्य घटाएको छ । लिटरमा एक रुपैयाँ मूल्य घटेको नेपाल आयल निगमले जनाएको छ ।
भारतीय आयल कर्पोरेसनले पाठएको नयाँ मूल्य सूचीमा पेट्रोलियम पदार्थको मूल्य घटेको छ । त्यसैका आधारमा डिजेलको मूल्य घटाइएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
अब डिजेल र मटितेलको मूल्य लिटरको ९० रुपैयाँ कायम भएको छ । अरू पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *