स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा उप्रेती

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार १३:००

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सेनेन्द्रराज उप्रेती नियुक्त हुनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले नवनियुक्त अध्यक्ष डा उप्रेतीलाई मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको शपथ गराउनुभयो ।
यस्तै सदस्यमा डा सुरेश तिवारी र चन्द्र थापा नियुक्त हुनुभएको छ । उहाँ दुवै जनालाई अध्यक्ष डा उप्रेतीले पद तथा गोपनियताको शपथ गराउनुभयो । मन्त्री ढकालले तीनै जनालाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभयो । मन्त्रालयको बोर्डको कार्यकारी निर्देशकका लागि भने खुला प्रतिष्पर्धाबाट नियुक्त गर्नका लागि दरखास्त माग गरिएको छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *