बर्दियामा घरको छतबाट खसेर एकजनाको मृत्यु

३१ भदौ, बुटवल । बर्दियामा आफ्नै घरको छतबाट खसेर एक पुरुषको मृत्यु भएको छ ।मृत्यु हुनेमा बढैयाताल गाउँपालिका–८ कण्ठपुरका ५० वर्षका कर्णबहादुर सुनार रहेका छन् ।
आफ्नै एक तले घरको छतमा सुत्न जाने क्रममा लडेर घाइते भएका उनको उपचारका लागि नेपालगञ्ज नर्सिङ होम लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ ।
अनुसन्धानका क्रममा उनले मादक पदार्थ सेवन गरेको पाइएको प्रहरीले जनाएको छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *