न्याय नपाएपछि ललितपुरकी ब ला त्कृत १७ वर्षीया किशोरीले गरिन् आ त्मह त्या

सप्तरीमा न्याय नपाएपछि एक ब ला त्कृत किशोरीले आ त्मह त्या गरेकी छिन् । ब ला त्कारीहरूवि रुद्ध प्रहरीकहाँ उ जुरी गर्न गाउँलेहरूले नै रोक लगाउँदै चे तावनी दिएपछि डाकनेश्वरी नगरपालिका– ७ ललितपुरकी १७ वर्षीया किशोरीले मङ्गलबार आ त्मह त्या गरेको सप्तरी प्रहरीले जनाएको छ ।
सोमबार बिहान धानखेतमा पानीको अवस्था हेर्न गएकी किशोरीमाथि सामूहिक ब ला त्कार भएको पीडितकी आमाले बताउनुभयो । उहाँका अनुसार आरोपित चार जनावि रुद्ध प्रहरी कार्यालय जान खोज्दा केही गाउँलेले भेला बसी उनीहरुलाई रोकेपछि छोरी निकै त नावमा परेकी थिइन् ।
घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोष खडकाका अनुसार पञ्चहरूको निर्णयबाट चित्त नबुझेपछि किशोरीले पीडा सहन नसकी आ त्मह त्या गरेकी हुन् । मण्डल समुदायका ८÷१० जनाको छलफलले पीडित र उनकी आमालाई प्रहरी कार्यालय जान रोक लगाउँदै आरो पितहरूबाट रु ५५ हजार क्षतिपूर्ति भराउने निर्णय गरेको छिमेकीहरुले जानकारी दिए ।
साना घटनामा प्रहरी कार्यालय आउने तर संवेदनशील घटना लुकाउन खोज्ने प्रवृत्तिले प्रहरीलाई घटना अ नुसन्धान गर्न र अ पराधी पक्राउ गर्न समस्या हुने गरेको प्रहरी निरीक्षक खडकाले बताउनुभयो । घटनाको खबर पाएलगत्तै प्रहरी निरीक्षक खडकाको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय सप्तरीको टोली, प्रहरी निरीक्षक धर्मराज मुडभरीको नेतृत्वमा इलाका प्रहरी कार्यालय कल्याणपुरको टोली, इलाका प्रहरी कार्यालय पातो र प्रहरी चौकी प्रवाहाको टोली घटनास्थल पुगेर अ नुसन्धान गरेको छ ।
घटनास्थलमा पीडितले जोगिनका लागि धानबाली र आली समातेर गरेको सङ्घर्षका चिह्नहरु, मडारिएको धानका बाला, फुटेका हातका चुराहरु र अन्य प्रमाणहरु पाइएको प्रहरीले जनाएको छ ।
किशोरीको मृत्युपछि सामूहिक ब ला त्कारका चार आरोपित गाउँबाट फरार भएका छन् । घटनास्थल पुगेको प्रहरी टोलीले पीडितलाई प्रहरी कार्यालय जान रोक लगाउने र क्ष्ाितपूर्ति भराउने निर्णय सुनाउने पञ्चहरू जयकान्त मण्डल, वासुदेव मण्डल र सत्यनारायण मण्डललाई भने पक्राउ गरेको छ ।
पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय कल्याणपुरको नि यन्त्रणमा राखिएको छ । मृतकको शव मङ्गलबार राति राजविराज ल्याइएको छ । प्रहरी निरीक्षक खड्काले शवको परीक्षण धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिने जानकारी दिनुभयो ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *