सिरियाको हसाकामा अमेरिकी हेलिकप्टर दुर्घटनाग्रस्त

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलवार २०:५५

सिरियाको उत्तरपूर्वी प्रान्त हसाकामा मङ्गलबार संयुक्त राज्य अमेरिकाको एउटा हेलिकप्टर दुर्घटनाग्रस्त भएको सिरियाली राज्य सञ्चालित समाचार संस्था, सानाले जनाएको छ ।
उक्त हेलिकप्टर हसाकाको उत्तरपूर्वी गाउँको ताल हदाद क्षेत्रमा दुर्घटनाग्रस्त भएको जनाइएको छ । दुर्घटनाग्रस्त विमानलाई सेनाहरूले घेरा हालेकोले थप जानकारी प्राप्त भइनसकेको सानाले जनाएको छ ।
हेलिकोप्टरमा चालकदलका सदस्यबाहेक अन्य यात्रु भएनभएको पनिसमाचार तयार पार्दासम्म जानकारी दिइएको छैन । सिरियामा कुर्दको नेतृत्वमा रहेको सिरियाली प्रजातान्त्रिक बल (एसडीएफ) द्वारा नियन्त्रित हसाका प्रान्तलगायतका क्षेत्रहरूमा अमेरिकी नेतृत्वमा कैयौँ सैन्य शिविरहरू रहेका छन् ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *