अफगानिस्तानमा एक सशस्त्र समूहले गोली चलाउँदा प्राध्यापकसहित तीनको मृत्य

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलवार १९:३६

अफगानिस्तानका दुई छुट्टाछुट्टै प्रान्त बन्दूकधारी समूहले गरेका आ’क्रमणमा विश्वविद्यालयका एक प्राध्यापकसहित तीनको मृत्यु भएको अधिकारीहरूले मङ्गलबार बताएका छन् ।
नान्गाहर प्रान्तको खोगियानी जिल्लामा बन्दुकधारी एक समूहले विश्वविद्यालयका प्राध्यापकलाई गोली हानी ह’त्या गरेको स्थानीय सरकारका प्रवक्ताले पुष्टि गरेका छन् । साहित्य संकायका अध्यापनरत प्राध्यापकमाथि कर्तव्यपालनाका शिलशिलामा विश्वविद्यालयतर्फ जाँदै गर्दा आक्रमण भएको थियो ।
त्यस्तै छिमेकी लोगर प्रान्तमा बाराकी बाराक जिल्लाका जिल्ला प्रमुखका भाइ र एक सुरक्षा गार्डको सोमबार राति गोली हानी ह’त्या भएको थियो ।व आ’क्रमणकारीहरूले जिल्ला प्रमुखलाई मा’र्न खोजेका थिए तर ह’मलाको समयमा उनी घरमा नभएका कारण भाइमाथि ‘हमला गरेको हुनसक्ने बताइएको छ ।
कतारको दोहामा सरकारसँग शान्ति वार्ता भइरहेका समय उच्च पदाधिकारीलाई लक्षित गरी आ’क्रमण भएको छ । तालिवानी समूहले विगतका वर्षहरूमा नागरिक र सैनिक अधिकारीविरुद्ध अनेकौँ लक्षित आ’क्रमणहरू गर्नेगरेका थिए ।
यसअघि सोमबार नै पश्चिमी बग्गिस प्रान्तमा तालिवान आ’क्रमणमा एक पूर्व अफगान सिनेट, उनका पाँच सुरक्षा गार्ड र एक स्थानीय वृद्ध मा’रिएका थिए ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *