सुनसरीमा चट्याङ लागेर बालिकाको मृत्यु

३० भदौ, काठमाडौं । सुनसरीमा चट्याङ लागेर मगलबार एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवानगञ्ज गाउँपालिका-६ रामगञ्ज सिनवारीकी १३ वर्षीया बालिका सुष्मा पासवान रहेकी छन् ।
खेतमा माछा मार्ने क्रममा चट्याङले लाग्दा उनी गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *