ज’बर्जस्ती क’रणी मुद्दाका फरार दुई जना छ वर्षपछि पक्राउ

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलवार १०:३२

सामूहिक ज’बर्जस्ती क’रणी मुद्दाका फरार कञ्चनपुरका दुई जनालाई प्रहरीले छ वर्षपछि पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीबाट खटिएको प्रहरी टोलीले पुनर्वास नगरपालिका–११ का ३० वर्षीय चन्नु राना र सोही ठाउँका २६ वर्षीय अनिल रानालाई सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब निरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताउनुभयो ।
स्थानीय युवतीलाई ज’बर्जस्ती क’रणीको वारदातपछि दुवै जना विसं २०७१ फागुन महिनादेखि फरार रहेका थिए । कञ्चनपुर जिल्ला अदालतले दुवै जनालाई विसं २०७२ असार २८ गते जनही ११÷११ वर्षको कैद स’जाय तोकेको थियो । घरमै रहेका बेला दुवै जना पक्राउ परेका हुन् । पक्राउ परेका दुवै जनालाई आवश्यक का’रवाहीका लागि प्रहरीले अदालतमा पेश गरेको छ । रासस

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *