वीरगञ्जमा ३१ गतेसम्म लम्बियो निषेधाज्ञा

२५ भदौ, वीरगञ्ज । संक्रमित भेटिने क्रम घटे पनि वीरगञ्जमा निषेधाज्ञालाई निरन्तरता दिइएको छ । बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले यही भदौ ३१ गतेसम्म निषेधाज्ञा जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी आसमान तामाङको अध्यक्षतामा बसेको बैठकले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र लगाइएको निषेधाज्ञा भदौ २५ गतेसम्मलाई निरन्तरता दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
वीरगञ्जमा साउन १० गतेदेखि नै निषेधाज्ञा छ । साउन १९ गतेबाट पर्सा जिल्लाभर निषेधाज्ञा लगाइएको थियो ।
साउन ३१ गतेको निर्णयबाट सेना परिचालन सहित भदौ १३ गते बिहान ५ बजेसम्मका लागि निषेधाज्ञा लगाइएको थियो । भदौ १२ गतेको बैठकले जिल्लाभर लगाईएको निषेधाज्ञा वीरगञ्जमा मात्रै सिमित थियो ।
भदौ १९ गतेदेखि भने वीरगञ्जमा एकतर्फीरुपमा पसल सञ्चालन हुँदै आएको छ । भदौ १२ गते बसेको जिल्ला सुरक्षा समिति र संकट व्यवस्थापन केन्द्रको बैठकले भदौं १९ गतेबाट पसल खोल्न दिने निर्णय गरेको थियो ।
बिहीबार जारी सूचनामा पनि वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र रहेका पसलहरु शनिबार बाहेक प्रत्येक दिन दिउँसो ११ बजेदेखि ४ बजेसम्म स्वास्थ्य सम्बन्धी मापदण्ड पालना हुने गरी र भिडभाड नहुने गरी सञ्चालन गर्न पाइने उल्लेख छ ।
तरकारी तथा फलफुल बिक्री वितरणको लागि रेल्वे रोडमा घण्टाघरदेखि २ सय मिटर स्कुलदेखि दक्षिणतर्फ एकतर्फी रुपमा मात्रै पसलहरु राख्ने, दुई पसलबीचको दुरी पसल बीचको दुरी कम्तिमा १५ फिट हुनुपर्ने, ताोकिएको समय र स्थान बाहेक अन्य समय वा स्थानमा कुनै पनि प्रकारले पसल खोलेको, समान बेचेको वा भिडभाड गरेको पाइएमा कानुन बमोजिम कारबाही गर्ने चेतावनी प्रशासनले दिएको छ ।
आ-आफ्नो पसलमा आउने ग्राहकबीचको सामाजिक दुरी कायम गर्ने, भिडभाड नियन्त्रण गर्ने सम्पूर्ण जिम्मेवारी व्यवसायीको हुने र स्वास्थ्य सुरक्षा मापदण्डको उलघंन भएको खण्डमा व्यवसायीलाई नै कारबाही गर्ने प्रशासनको निर्णयमा उल्लेख छ ।
पसल सञ्चालन र तरकारी तथा फलफुल बिक्री गर्दा सामाजिक दुरीलगायतको मापदण्ड पालना नगरेको खण्डमा संक्रामक रोग नियन्त्रण ऐन २०२० अनुसार कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ ।
सञ्चालन गर्न नपाइने सेवाहरु
जिल्ला भित्रका सबै प्रकारका निजी तथा सार्वजनिक सवारी साधनहरु सञ्चालन गर्न, मेला, महोत्सव, जात्रा सञ्चालन गर्न, मानिसहरु भेला हुन, जुलुस गर्न, चार जनाभन्दा बढी मानिस एकै ठाउँम जम्मा हुन, शैक्षिक संस्थाहरु, प्रशिक्षण केन्द्र, ट्युसन सेन्टर, भाषा कक्षा लगायतको गतिविधि, डिपार्टमेन्ट स्टोर, मनोरञ्जन स्थल, शैलुन, व्युटी पार्लर, स्वीमिङ पुल, समूहमा खेलिने खेलकुद र पुस्तकालय आदी । चिया पसल, खाजा घर, होटल रेष्टुरेन्ट पनि खोल्न नपाइने सूचनामा उल्लेख छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *