कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु पुष्टि

२५ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ ।
काठमाडौंका तीन जना, चितवन र कपिलवस्तुका एक/एक जनाको मृत्यु भएको हो । उपचारका क्रममा मृत्यु भएका धनुषाका एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

बूढानीलकण्ठ नगरपालिका-४, काठमाडौंका ५९ बर्षीय पुरुषको सशस्त्र प्रहरी बल अस्पताल, बलम्बुमा मृत्यु भएको छ । भदौ १४ गते स्वाब लिएका उनी कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए ।

काठमाडौं महानगरपालिका-४ धुम्बाराही, काठमाडौंकी ५५ महिलाको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मृत्यु भएको छ । श्वास प्रस्वासमा समस्या भएपछि मेघा अस्पताल भर्ना भएकी उनको अवस्था थप जटिल भएपछि शिक्षण अस्पताल लगिएको थियो ।

काठमाडौं महानगरपालिका-२१ भोटेबहाल, काठमाडौंका ८३ बर्षीय पुरुषको पाटन अस्पतालमा मृत्यु भएको छ । हृदयघात भएर २४ गते अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनको २४ गते नै मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका-११ चितवनका ६२ बर्षीय पुरुषको चितवन मेडिकल कलेज भरतपुरमा मृत्युु भएको छ । निमोनिया तथा श्वास प्रश्वासमा भई भदौ १८ गते अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण भएको २२ गते पुष्टि भएको थियो । उनको बिहीबार मृत्यु भएको हो ।

कपिलवस्तु नगरपालिका-६, कपिलवस्तुका २९ वर्षीय पुरुषको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ । मिर्गौलामा समस्या आएपछि डायलासिस गराउँदै आएका उनलाई भदौ २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

बुधबार मृत्यु भएका औरही गाउँपालिका-१, धनुषाका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । श्वासप्रश्वासमा समस्या भएर मंगलबार प्रादेशिक अस्पताल, जनकपुरधाममा भर्ना भएका उनको उपचारका क्रममा मृत्यु भएको थियो ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *