हुम्लामा जडिबुटी निकासी विषयमा दुई गाउँबीच झ’डप

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार १९:२३

खार्पुनाथ गाउँपालिका – ५ दुर्पा गाउँ र खर्पेलगाउँबासीबीच वनको जडिबुटी विषयमा बुधबार र आज झ’डप भएको छ । दुर्पा गाउँबासीले भोगचलन गर्दै आएको मालिकादेवी सामुदायिक वन क्षेत्रका जडिबुटी सङ्कलन गरेका विषयलाई लिएर दुई गाउँका नागरिकबीच झ’डप भएको हो ।
दुर्पा गाउँबासीले मालिकादेवी सामुदायिक वन क्षेत्रका जडिबुटी निकासी गर्न बन्द गरेका अवस्थामा छिमेकी खर्पेलगाउँबासीले जडिबुटी सङ्कलन गर्दा झ’डप भएको हो । झ’डपबाट दुर्पा गाउँका अविर ऐडी घाइते भई जिल्ला अस्पतालमा उपचार भएको छ । अन्य सात जना सामान्य घाइते भएका छन् ।
खर्पेलगाउँका युवाबाट बुधबार कु’टिएर घाइते भएका दुर्पा गाउँबासीलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा पुनः आज बिहान खर्पेल गाउँका युवा समूहले खार्पुदोभानमा आफूहरुमाथि हा’तपात गर्न खोजेको मालिकादेवी सामुदायिक वनका अध्यक्ष मन्दिर ऐडीले जानकारी दिनुभयो । उहाँले बिरामी ल्याएर आउने क्रममा खार्पुदोभानमा आफूहरुलाई हा’तपात गर्न खोजेको जनाउँदै खार्पु प्रहरीचौकी नभएको भए आफूहरुलाई झन् समस्या निम्तिने अवस्था रहेको बताउनुभयो ।झ’डपमा घाइते भएका बिरामी लिएर आएको समूहमाथि हा’तपात गर्न खोज्दा आज बिहान प्रहरीले उनीहरुलाई लखेटेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
मालिकादेवी सामुदायिक वनका पदाधिकारीले केही दिन अगाडि मात्रै उक्त वन क्षेत्रको पूर्व भीमदुला, पश्चिम डाङ्गेडुङ्ग र स्याङ्गरी, उत्तरमा मोधे, पिरेउते, ठेग्ना र लाग्ना, दक्षिणमा थारेकोटभित्र जडिबुटी तथा वन पैदावार संकलन र निकासी गर्न प्रतिबन्ध लगाएका थिए । रासस

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *