आज थप १ हजार २४६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५० हजार नाघ्यो

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार १६:२३

कोरोना भाइरस कोभिड-१९ बाट आज थप १ हजार २४६ जनामा संक्रमण पुष्टि भएको छ ।
यो संगै नेपालमा कोरोनाबाट कुल संक्रमितको संख्या ५० हजार ४६५ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ११ हजार १४४ पिसीआर परिक्षण  गरिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ८१८  जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल सम्म कोरोना संक्रमण निको भएकाहरुको संख्या ३५ हजार ७०० जना रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा मृतकको संख्या ३१७ पुगेको छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *