आ’त्मह’त्या रोकथाम दिवस: आ’त्मह’त्या रोक्न जनचेतना

आज ‘विश्व आ’त्मह’त्या रोकथाम दिवस’ नेपालसहित विश्वभरि नै विविध कार्यक्रम गरी मनाइँदै छ । विश्व स्वास्थ्य सङ्गठनले “आ’त्मह’त्या रोकथाममा सबैको सहकार्य” भन्ने मूल नारा तय गरेको छ । नेपालमा पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र स्वास्थ्यसँग सम्बन्धित गैरसरकारी संस्थाहरूले विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै यो दिवस मनाइरहेका छन् । कोरोना भाइरसका कारण मन्त्रालयले भर्चुअल माध्यमबाट जनचेतनामूलक कार्यक्रम गरिरहेको छ ।
आफ्नो शरीरको ह’त्या व्यक्ति स्वयंले गर्नुलाई आ’त्मह’त्या भनेर बुझिन्छ । मनमा धेरै पी’डा बढ्दै गएपछि व्यक्तिलाई बाँच्ने इच्छा र चाहना घट्दै जान्छ र पी’डाबाट मुक्ति आ’त्मह’त्या गरेपछि मात्र पाइन्छ भन्ने सोचाइ बलियो हुँदै गएपछि व्यक्तिले आ’त्मह’त्या गर्ने बाटो रोजेको पाइन्छ । विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो आँकडाअनुसार विश्वभरमा एक वर्षमा लगभग आठ लाख मानिस वा हरेक ४० सेकेण्डमा विश्वमा कतै कुनै एक मानिसको आ’त्मह’त्याको कारण ज्यान गइरहेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना भाइरसको समयमा २० देखि ३० प्रतिशत बढी आ’त्मह’त्या हुने गरेको बताउनुभयो । उहाँले मन्त्रालयले आत्महत्या रोकथाम गर्नका लागि केही नीति ल्याएर लागू गरेकोसमेत बताउनुभयो । कोभिड–१९ सङ्क्रमणको अवस्थामा साथीभाइसँग कुराकानी र छलफल गर्ने वातावरण बनाउनसमेत आग्रह गर्नुभयो ।
नेपाल प्रहरीको आर्थिक वर्ष २०६१÷०६२ देखि २०७१÷०७२ सम्म गरी १० वर्षको तथ्याङ्क हेर्दा २९ हजार ९०५ जनाले आ’त्मह’त्या गरेको पाइएको छ । २०७५÷०७६ मा पाँच हजार ७५४ जना र २०७६÷०७७ मा ६ हजार २७९ व्यक्तिले आ’त्मह’त्या गरेको तथ्याङ्क छ । नेपालमा एक दिनमा करिब १६ देखि १८ जना मानिसको मृत्यु आ’त्मह’त्याको कारणले भएको छ । गत चैतदेखि साउनसम्ममा दुई हजार २१८ जनाले आत्महत्या गरेको तथ्याङ्क छ ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले आ’त्मह’त्या रोक्नका लागि साताव्यापी जनचेतनामूलक कार्यक्रम गरिएको बताउनुभयो । मङ्गलबार मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले आ’त्मह’त्या रोक्नका लागि के गर्न सकिन्छ भनेर मनोचिकित्सकसँग छलफलसमेत गर्नुभएको थियो ।
यस्तै महाशाखाले आत्महत्या रोकथामका लागि नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखासमेत गठन गरिएको छ । उक्त शाखाका प्रमुख डा फणिन्द्रप्रसाद बरालले कोभिड–१९ का कारणले भौतिकरूपमा उपस्थित हुन नसकेकाले भर्चुअल माध्यमबाट जनचेतनामूलक कार्यक्रम गरिरहेको बताउनुभयो । उहाँले आ’त्मह’त्याबाट बच्न र आ’त्मह’त्याको सोच आउन कम गराउने बारेमा जनचेतना जगाइरहेको जानकारी दिनुभयो । उहाँले आजैदेखि पाटन मानसिक अस्पताल र त्रिवि शिक्षण अस्पतालमा आ’त्मह’त्या रोकथाम हेल्पलाइनसमेत सञ्चालन गर्न थालिएको जानकारी दिनुभयो ।
पछिल्लो समयमा विश्वमै फैलिएको कोभिड–१९ भाइरसका कारण आफूलगायत परिवारका सदस्यमा सङ्क्रमित हुने र यसका कारण आफूलगायत परिवारका सदस्य पनि मर्नसक्ने वा अरू खालका स्वास्थ्य समस्यामा जटिलता आउनेलगायतका भय त्रासले मानिसमा मानसिक स्वास्थ्य समस्या वृद्धि भएको पाइन्छ ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका मानसिक रोग विभागका प्रमुख डा सरोजप्रसाद ओझाले आ’त्मह’त्या रोकथामका लागि सरकारले नीति ल्याउनुपर्ने बताउनुभयो । उहाँले आ’त्मह’त्याका लागि प्रयोग हुने किटनाशक औषधि, डोरी र मादकपदार्थ सजिलै विक्रीवितरण गर्नमा नियन्त्रण गर्नुपर्ने धारणा राख्नुभयो ।
कोभिड–१९ का कारणले रोजगारीमा आएको कटौती, व्यापार व्यवसायमा आएको मन्दी, शैक्षिक क्रियाकलापमा आएको अन्योललगायतका कारणले मानिसमा नकारात्मक सोचाइको विकास हुने गरेको पाइन्छ ।
विभिन्न अनुसन्धानले विश्वमा महामारीका कारण उत्पन्न आर्थिक क्षेत्रमा पारेको नकारात्मक प्रभावका कारण रोजगारमा कटौती आई थुप्रै बेरोजगारीको अवस्था हुने र त्यसले आगामी दिन मानसिक स्वास्थ्यका निम्ति त्यति सहज नहुने जनस्वास्थ्यविद्ले बताउँदै आएका छन् । रासस

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *