कांग्रेसले सातै प्रदेशमा कार्यक्रम गर्ने

Imagekhabar

२५ भाद्र २०७७, बिहीबार १४:०७

काठमाडौं, भदौ २५ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सात वटै प्रदेशमा कार्यक्रम गर्ने भएको छ ।
कोरोना महामारीका कारण भौतिक रुपमा कार्यक्रम गर्न नसकिए पनि भर्चुअल माध्यमबाटै भए पनि उक्त कार्यक्रम गर्न लागिएको हो ।
‘कोरोना संक्रमणको सन्दर्भः सरकारको भूमिका र हाम्रो दृष्टिकोण’ विषयकमा नेता–कार्यकर्ताबीच छलफल गर्न लागिएको कांग्रेसले जनाएको छ ।
बीपीको १०७ औं जन्मजयन्तीको अवसरमा पार्टीले आयोजना गर्न लागेको एक साताव्यापी कार्यक्रममा सभापति शेरबहादुर देउवालगायत शीर्ष नेताले सम्बोधन गर्ने जाइएको छ ।
जसअन्तर्गत प्रदेश नम्बर १ मा भदौ २७ गते, प्रदेश नम्बर २ मा भदौ २८ गते, बागमती प्रदेशमा भदौ २९ गते कार्यक्रम गरिनेछ ।
यसैगरी गण्डकी प्रदेशमा भदौ ३० गते, प्रदेश नम्बर ५ मा भदौ ३१ गते, कर्णाली प्रदेशमा असोज १ गते र सुदुरपश्चिम प्रदेशमा असोज २ गते कार्यक्रम गर्न लागिएको कांग्रेसले जनाएको छ ।
कांग्रेसले गठन गरेको कोरोना अनुगमन समितिले उक्त कार्यक्रमको आयोजना गरेको हो ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *