आफूले झरफुक गर्ने र सन्तान नहुनेको हुन सक्ने बनाउने भन्दै बिरामी युवतीलाई झारफुक गर्ने बहानामा ब’लात्कार गर्ने पक्राउ

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार १२:२८

युवती ब’लात्कारका आ’रोपमा जोरायल गाउँपालिका–३ बरमका ३१ वर्षीय एक युवक आज पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय जोरायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक महेन्द्र थापाका अनुसार ब’लात्कारका आरोपमा पक्राउ पर्नेमा टेकबहादुर ओली छन् । बिरामी युवतीलाई झारफुक गर्ने भनी आफ्नै गाउँकी युवतीलाई एक्लो अवस्थामा भेटेर ब’लात्कार गरेको उजूरीका आधारमा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय जोरायलले जनाएको छ ।
अभियुक्त ओलीले आफूले झरफुक गर्ने र सन्तान नहुनेको हुन सक्ने भनी निज युवतीलाई यही भदौ ३ गते ब’लात्कार गरेको प्रहरी कार्यालयमा उजुरी परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले बताउनुभयो । घटनाका पीडित र अभियुक्त युवकलाई जिल्ला कार्यालयमा ल्याइएको छ । रासस

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *