नागस्थान चोकमा ट्राफिक बत्ती जडान

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार ११:४८

काठमाडौँको नागस्थान चोकमा ट्राफिक बत्ती जडान गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले राष्ट्रिय वाणिज्य बैंकको समन्वयमा नागस्थानमा नयाँ ट्राफिक बत्ती जडान गरेको हो ।
जडान गरिएको बत्तीको आज महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) किरणकुमार श्रेष्ठले स्वीच उद्घाटन गर्नुभयो । कार्यक्रममा महाशाखा प्रमुख भट्टराईले सडक बत्ती जडानसँगै सडक अनुशासन कायम हुनुका साथै दुर्घटनामा कमी आउने बताउनुभयो । ट्राफिक व्यवस्थापनमा प्रविधिको प्रयोग गरी आवागमन सहज बनाउन चोक चोकमा ट्राफिक बत्ती जडान कार्य तीव्र बनाइएको उहाँको भनाइ थियो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको र आज ट्राफिक बत्ती सञ्चालनमा सहयोग गरेको बताउनुभयो । काठमाडौँ महानगरपालिका–२२ का वडाध्यक्ष चिनकाजी महर्जनले महाशाखाले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा खेलेको महत्वपूर्ण भूमिका प्रशंसायोग्य रहेको बताउनुभयो । आज जडान गरिएको ट्राफिक बत्तीसँगै उपत्यकाका ३२ चोकमा ट्राफिक बत्तीमार्फत सवारी व्यवस्थापन हुँदै आएको छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *