वायु प्रदूषण नियन्त्रणका लागि राष्ट्रपतिको आग्रह

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार २१:३८

राष्ट्रपति विद्यादेवी भण्डारीले डढेलो नियन्त्रण गर्दै वायु प्रदूषण न्यूनीकरणका लागि सबै तहका जनप्रतिनिधि, विज्ञ तथा प्रकृतिप्रेमीलाई आह्वान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्वीटरमार्फत आज उक्त आग्रह गर्नुभएको हो ।
उहाँले जलवायु परिवर्तनका कारण हिउँदे वर्षा अनियमित भइरहेको परिवेशमा डढेलो, औद्योगिक र सवारी साधनको धुवाँ, धुलो आदिबाट देशैभर वायु प्रदूषण बढ्नु चिन्ताको विषय भएको बताउनुभएको छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *