प्राथमिकताभन्दा पहिले खोप लिने नगर प्रमुख निलम्बित

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार १९:४५

प्राथमिकता समूहमा नभएको भए पनि जनवरीमा कोरोनाभाइरस खोप लगाएको पुष्टि भएपछि जर्मनीका एक मेयरलाई उहाँको आफ्नै नगर काउन्सिलले निलम्बन गगरेको छ ।
जर्मनीको मध्य शहर हेलेको मेयर बनार्ड वाइगान्डलाई अस्थायी रूपमा निलम्बन गर्न नगरका ३४ परिषद् सदस्यहरूले मतदान गरेपछि उहाँ जिम्मेवारीबाट अनिस्चित कालका लागि निलम्बित हुनुभएको हो ।
६४ वर्षीय वार्यगान्डले यसअघि नै जनवरीमा आफूले खोप लिएको स्वीकार्नुभएको थियो । ।उक्त समयमा समुदायका जेष्ठ सदस्यहरूलाई खोप दिने क्रममा उहाँले पनि खोप लगाउनुभएको थियो ।
अन्य सहरका कर्मचारी र धेरै परिषद् सदस्यहरूले पनि उनीहरूको पालो आउनुभन्दा पहिले खोप लिएका थिए । उनीहरूलाई पनि कारबाही गरिने स्थानीय प्रशासनले जनाएको छ ।
निलम्बनमा परेका नगर प्रमुखले आफूले अवैध वा अनैतिक काम नगरेका तर खोपकोे अत्यधिक मात्रा खेर जानबाट जोगाउन आफू लगायत केही व्यक्तिले खोप लगाएको बताउनुभयो ।
“अहिले आएर मेरो निर्णयको आलोचना गर्न सजिलो छ । तर यो कुनै पनि हिसाबले अवैधानिक थिएन,” उहाँले मार्चमा एक विज्ञप्ति जारी गरी भन्नुभएको थियो ।
उहाँले भन्नुभयो, “मेरा विरोधीहरूले मेरो राजनीतिक भविष्यमाथि दाग लगाउन उक्त आरोप लगाएका र यो निर्णय गलत छ ।”

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *