थप ३३२ जनामा कोरोना संक्रमण, उपत्यकामा १९९ जना

२६ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४००६ जनामा गरिएको परीक्षणमा ३३२ जना संक्रमित भेटिएका हुन् । थपिएकामध्ये काठमाडौं जिल्लामा १३९, ललितपुरमा ३८, भक्तपुरमा २२ जना रहेका छन् ।
योसँगै नेपालमा हालसम्म दुई लाख ७९ हजार १०० जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये २ लाख ७३ हजार ६०८ जना निको भएका छन् र २४५४ जना आइसोलेसमा छन् । कोरोना भाइरस संक्रमणका कारण ३०३८ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट कसैको मृत्यु भएको छैन ।
हालसम्म १८ लाख छ हजार २३६ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *