२० क्रिकेटरलाई बन्द प्रशिक्षणमा बोलाइयो

२२ चैत, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले त्रिकोणात्मक श्रृंखलाका लागि २० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।
टोलीमा ज्ञानेन्द्र मल्ल, पारस खड्का, दीपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आविनाश बोहोरा, आरिफ शेख, आसिफ शेख छन् । यस्तै कुशल भुर्तेल, कुशल मल्ल, लोकेश बम, कमल सिंह ऐरी, सुशन भारी, साहब आलम, सन्दीप नोरा, विक्रम सोब, पवन सर्राफ र ललितनारायण राजवंशीलाई पनि बन्द प्रशिक्षणमा बोलाइएको छ ।
बन्द प्रशिक्षण २४ चैतबाट शुरु हुनेछ । नेपाल, नेदरल्याण्ड्स र मलेसिया सहभागी त्रिकोणात्मक श्रृंखला ४ वैशाखबाट त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *