आफ्नै शिशुको हत्या गरेको अभियोगमा युवती पक्राउ

२१ चैत, काठमाडौं । आफ्नै ४२ दिनको नवजात शिशुको हत्या गरेको अभियोगमा प्रहरीले कास्कीबाट एकजना युवतीलाई पक्राउ गरेको छ ।
बागलुङको ढोरपाटन नगरपालिका–३ घोसापानी घर भई कास्कीको अन्नपूर्ण गाउँपालिका–२ नौडाँडा बस्ने २२ वर्षीया गीता कुँवर सुनारलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेकी गीतमाथि कर्तव्य ज्यानसम्बन्धी कसूर अन्तर्गत थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *