खनाल निवास डल्लुमा राष्ट्रपति

२१ चैत, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई भेट्न उनकै निवास डल्लु पुगेकी छिन् ।
राष्ट्रपति भण्डारी शनिबार इतिहासविद् डा. महेशराज पन्तको निवासमा पुस्तकालय उद्घाटन गर्न पुगेकी थिइन् । त्यसक्रममा राष्ट्रपति भण्डारी नेकपा एमालेका वरिष्ठ नेतासमेत रहेका खनालको स्वास्थ्य अवस्था बुझ्न उनको निवासमा पनि पुगेकी हुन् ।
पूर्वप्रधानमन्त्री खनाल केही समय पहिले भारतमा उपचार गरेर स्वदेश फर्किएका थिए ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *