धनुषामा ट्रकको ठक्करबाट असइको मृत्यु

१३ चैत, जनकपुरधाम । धनुषामा ट्रकको ठक्करबाट नेपाल प्रहरीका एकजना प्रहरी सहायक निरीक्षक (असइ)को मृत्यु भएको छ ।
शुक्रबार बिहानै ट्रकले ठक्कर दिँदा असइ मदनजङ्ग कापरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
लु.५३प ८५७५ नम्बरको मोटरसाइकलमा सवार भई जनकपुरतर्फ आउँदै गरेका कापरलाई मिथिला नगरपालिका-१० स्थित लालगढमा ट्रकले ठक्कर दिएको हो । ठक्कर लगत्तै उनको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता मकेन्द्र मिश्रले बताए ।
ठक्कर दिएर भागेको ट्रकलाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत असइ कापर बिहान जनकपुरतर्फ आउँदै गर्दा ट्रकले ठक्कर दिएको र उनको शवलाई परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *