सिन्धुलीका एसपी तिम्सिना ३ महिना नबित्दै प्रधान कार्यालय तानिए

१३ चैत, काठमौं । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) आभुषण तिम्सिना प्रहरी प्रधान कार्यालय तानिएका छन् ।
एसपी तिम्सिना सिन्धुली सरुवा भएको ३ महिना नबित्दै काजमा प्रधान कार्यालय तानिएका हुन् । तिम्सिनालगायत एसपीको २१ पुसमा मात्रै सरुवा भएको थियो ।
पटक-पटक विवादमा आएकोले एसपी तिम्सिनालाई प्रधान कार्यालय तानिएको स्रोतले बताएको छ । उनको ठाउँमा एसपी गोविन्द थपलियालाई पठाइएको छ । थपलिया सर्वोच्च अदालतको सुरक्षा कार्यालयमा कार्यरत थिए ।
प्रहरीले एक वर्षसम्म सरुवा नगर्ने नीति लिएको भए पनि आर्थिक वा अन्य विवादमा परेको खण्डमा भने जुनसुकै बेलामा पनि प्रधान कार्यालय तान्न सक्ने आचारसंहितामा उल्लेख छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *