महामारीपछि अमेरिकी साप्ताहिक बेरोजगार सङ्ख्या पहिलो पटक सात लाख भन्दा कम

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार १९:०३

अमेरिकामा महामारीपछि गत साता बेरोजगारको सङ्ख्या पहिलो पटक सात लाख भन्दा कम रेकर्ड गरिएको छ । एक सात भरमा बेरोजगार दावी गरी निवेदन दिनेको सङ्ख्या छ लाख ८४ हजार कायम भएको अमेरिकी प्रशासनले बिहीबार बताएको हो ।
अमेरिकामा महामारीका कारण बेरोजगार दरमा कमी आउने सम्भावना नरहेको भनी तथ्याङ्क विश्लेषकहरूले बताइरहेका समय यो साता बेरोजगार सङ्ख्या सात लाखभन्दा कम हुनुलाई अमेरिकामा कोभिड–१९ विरूद्धको खोप अभियानको सफल प्रभाब भनिएको छ । यससँगै महामारीका कारण रूग्ण बनेको अमेरिकी अर्थतन्त्रमा यो वर्ष सुधार आउने प्रक्षेपण पनि तथ्याङ्कले देखाएको विश्लेषकहरूले बताएका छन् ।
यद्यपि अमेरिकी श्रमिकहरूलाई लक्षित गरी ल्याएको राहत कार्यक्रम यही मार्चमा सकिएको र यसको सकारात्मक प्रभाब अमेरिकी श्रम बजारमा देखिएको सरकारको दावी रहेको छ ।
श्रम विभागका अनुसार अमेरिकामा अझै महामारीको प्रभाब नियन्त्रणमा आइनसकेको भएपनि कोभिड–१९ विरूद्धको खोप अभियानका कारण यो साता थप दुई लाख ४१ हजार ७४५ रेकर्ड भएको छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *