प्रेमिकालाई जलाउन खोजेको आरोपमा युवक पक्राउ

१२ चैत, काठमाडौं । काठमाडौंको काँडाघारीमा प्रेमिकालाई मट्टितेल छर्केर जलाउने प्रयास गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा २१ वर्षीय सुरज श्रेष्ठ छन् ।
काठमाडौं प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहका अनुसार घटना ८ चैतको हो ।
‘दिदीको कोठामा भेटेको बेला सुरजले प्रेमिकालाई मट्टितेल हालेर जलाउने प्रयास गरेको पीडितको बयान छ’, उनले भने, ‘घटनामा दुवै जना घाइते भएपछि कीर्तिपुर अस्पतालमा उपचार जारी छ ।’
पीडितले प्रहरीसमक्ष जाहेरी दिइसकेका भने छैनन् । एसएसपी सिंह भन्छन्, ‘दुवै उपचारका क्रममा भएकाले केही ढिलाइ भयो, भोलि दिने भन्नुभएको छ ।’
प्रहरीका अनुसार पीडित किशोरीले सुरुवातमा स्टोभबाट मट्टितेल पोखिएर दुर्घटना भएको दाबी गर्दै आएकी थिइन् । तर, परामर्शपछि प्रेमीले आगो लगाएको बताएकी हुन् ।
उनीहरु दुवैजना लागूऔषध दुर्व्यसनी भएको प्रहरीको दावी छ । उनीहरुको पछिल्लो समय पटकपटक झगडा हुने गरेको प्रहरीले बताएको छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *