गोरखामा डढेलो निभाउने क्रममा एकजनाको मृत्यु

गोरखा, चैत १२ गते । गोरखाको आरुघाट गाउँपालिका–७ मा सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा एकजनाको मृत्यु भएको छ ।
सातदोबाटे सामुदायिक वनमा बुधबार राति लागेको डढेलो निभाउने क्रममा स्थानीय मोहन फेवाली मगरको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
जंगलमा लागेको डढेलो घरछेउको परालको टौवा नजिकै आइपुगेपछि निभाउन गएका मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश दाहालले जानकारी दिए ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *