सप्तरीमा डुबेर बालिकाको मृत्यु

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार २१:५०

सप्तरीको विष्णुपुर गाउँपालिका–३ मुसहरनियास्थित पोखरीमा डुबेर आज एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीयवासी १३ वर्षीया अञ्जलीकुमारी यादव रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पोखरीमा नुहाउने क्रममा डुबेर बेहोस भएकी बालिकाको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *