दुर्गाप्रसादको परिवारलाई क्षतिपूर्ति दिन भारतीय अदालतको आदेश

९ चैत, काठमाडौं । ४० वर्ष भारतको जेल बसेर छुटेका इलामका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी)लाई उचित क्षतिपूर्ति दिन कोलाकातास्थित उच्च अदालतले आदेश दिएको छ ।
न्यायाधीश थोट्टाथिल बी राधाकृष्णन र अनिरुद्र रोयको सोमबारको इजलासले दुर्गाप्रसादलाई पश्चिम बंगाल राज्य सरकारले क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको हो ।
दुर्गाप्रसाद कैदमा रहँदा उनका परिवार आर्थिक रुपमा कमजोर भएको र धेरै सामाजिक समस्या भोग्नुपरेको भन्दै क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको हो ।
४० वर्ष भारतका विभिन्न जेलमा रहेका दुर्गाप्रसाद कोलाकातास्थित दमदम कारागारबाट रिहा भई आइतबार इलामको लुम्बाकस्थित घर आइपुगेका छन् ।

यो पनि पढ्नुहोस
दुर्गाप्रसादले भने : जेलको भन्दा घरको भात मीठो ! (भिडियोसहित)

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *