जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ

९ चैत,काठमाडौँ । जबरजस्ती करणी मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हुम्ला सर्केगाढ गाउपालिका ९ का २६ वर्षीय मिम बहादुर बुढा रहेका छन् ।
लुकुछिपी बसिरहेको उनलाई काठमाडौंको हाडीगाउँबाट प्रहरीले पक्राउ गरेको हो ।
बुढाले बाँकेको वैलनाथ गाउँपालिका वडा-१ स्थित कर्णराज रोकायले सञ्‍चालन गरेको होमस्टेमा कक्षा ११ की छात्रालाई नसालु पदार्थ खुवाएर जबरजस्ती करणी गरी फरार भएका थिए ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *