काठमाडौ । सूचना, सञ्चार तथा प्रविधिमन्त्री पार्वत गुरुङले गलत नियतले सूचनाको हक प्रयोग नर्गन आग्रह गरेको छन ।राष्ट्रिय सूचना आयोगले सोमबार आयोजना गरेको कार्यक्रममा मन्त्री गुरुङले अरुलाई दुःख दिन सूचनाको हकको प्रयोग गर्ने विचौलीयाहरुलाई तह लगाउनुपर्ने बताए । उनले कतिपय सञ्चारकर्मीले समेत विकृति विसंगतीबारे बढाइचढाई सूचना सम्प्रेषण गरेको बताउदै त्यस्ता गतिविधिलाई नियन्त्रण गर्न सूचना आयोगलाई आग्रह समेत गरे ।मन्त्री गुरुङले राज्यले परिकल्पना गरे अनुसार नै सूचना आयोगले कार्य सम्पादन गर्न सके भाषाभाषीको मात्रै कल्याण नभएर नेपाली कला संस्कृतिको समेत जर्गेना हुने तर्क गरे । कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्र मान गुरुङले सूचनाको हक प्रयोगलाई विभिन्न भाषामा प्रवाह गर्नुपर्ने बताए ।उनले सूचनाको हकले सुशासन कायम गर्न, देशलाई समृद्ध बनाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले नागरिकलाई सहि तरिकाले सूचनाको हक प्रयोग गर्नुपर्ने धारणा व्यक्त गरे ।