प्रदेशसभा सदस्य रेग्मीमाथि कारबाही गर्न केन्द्रमा सिफारिस

९ चैत, सुर्खेत । नेकपा माओवादी केन्द्र, कर्णाली प्रदेश संसदीय दलले एमाले प्रवेश गरेका प्रदेशसभा सदस्य धर्मराज रेग्मीलाई कारबाही गर्न पार्टीलाई आग्रह गरेको छ ।
दैलेख निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित रेग्मी हालै मात्र एमाले प्रवेश गरेका छन् । एमालेले उनलाई केन्द्रीय सदस्य र प्रदेश सचिव पदमा मनोनित गरेको छ । कर्णाली प्रदेश, माओवादी प्रमुख सचेतक सीता नेपालीका अनुसार रेग्मी दलको बैठकमा आएका छैनन् र पार्टीले सोधेको स्पष्टीकरणमा पनि दिएका छैनन् ।
आवश्यक कारबाहीका लागि प्रदेश पार्टीमार्फत केन्द्रमा सिफारिस गरिएको उनले बताइन् ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *