म्याद गुज्रिएका औषधि छर्किंदा स्वास्थ्यमा समस्या

९ चैत, महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका–५ मा लामखुट्टे मार्नका लागि म्याद गुज्रिएका औषधि छर्किंदा स्थानीयमा स्वास्थ्य समस्या देखिएको छ । पर्सा, पतैली, चौरिया र बिसनपुरमा म्याद गुज्रिएका औषधि छर्किंदा स्थानीय बालबालिका, वृद्धवृद्धा र वयस्कसमेतमा विभिन्न स्वास्थ्य समस्या देखिएको स्वास्थ्यकर्मी सरोज चौधरीले जानकारी दिए ।
उनका अनुसार औषधिबाट लामखुट्टे मरेको छैन भने औषधि छर्किएको केही घण्टापछि नै स्थानीयमा जीउ चिलाउने, ज्वरो आउने, बान्ता हुने, जीउ सुन्निने र रिँगटा लाग्नेलगायत समस्या देखिएको छ ।
छरिएको औषधिको उत्पादन मिति २०१८ सेप्टेम्बर लेखिएको छ भने दुई वर्षसम्म म्याद रहने जनाएको छ । सो औषधिको म्याद गुज्रिएपछि औषधि छर्किएकाले स्थानीयवासीमा विभिन्न स्वास्थ्य समस्या देखिएको स्थानीय राजीव कापरले बताए ।
वडाध्यक्ष राकेश राउतले स्थानीयमा देखिएको स्वास्थ्य समस्या औषधिको कारण नभएको दाबी गरे । उनले औषधिमा पानीको मात्रा मिलाएर नछर्किएको हुनसक्ने र सोही कारण केही फाट्टफुट्ट समस्या हुनेसक्ने जानकारी दिए।
स्थानीयले जिल्ला अस्पतालबाट स्वास्थ्य टोलीको माग गरेका छन् ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *