संकिर्ण स्वार्थका लागि सेनालाई विवादमा तान्ने गरियो: ओली

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संकिर्ण स्वार्थका लागि समय समयमा नेपाली सेनालाई अनावश्यक विवादमा तान्ने गरिएको बताएका छन् । राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको बार्षिकोत्सवको अवसरमा बुधबार सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सेनालाई विवादमा तान्नका लागि हुने गरेका प्रयासहरुप्रति सजग र सर्तक रहन पनि सबैलाई आग्रह गरे । कानून उलंघन भए सम्बन्धित निकायले हेर्ने भन्दै वादप्रविादमा नउत्रने संस्थालाई वादविवादमा तान्ने खालमा काम गर्नु उचित नहुने तर्क गरे ।प्रधानमन्त्री ओलीले सुरक्षा परिषद्को संबैधानिक, कानूनी र व्यवहारिक रुपमा सही प्रयोग भईरहेको दाबी गरे । उनले विशेष गरी प्रतिरक्षा र राष्ट्रिय सुरक्षाको मामिलामा नेपाली सेनाको परिचालन एवं प्रयोग सही ढंगले गर्ने सवालमा परिषद्ले महत्वपुर्ण भूमिका निर्वाह गरेको बताए ।प्रधानमन्त्री ओलीले नेपाल सरकार सधै शक्तिको आडमा नभई सत्यको आडमा न्यायका कुरा स्थापित गर्न चाहने भएकाले सोही अनुसार प्रतिरक्षा र सुरक्षा लगायत नीति तय गरिएको बताए । राष्ट्रिय र प्राकृतिक विपतको समयमा अग्र भागमा बसेर काम गर्ने गरेको उल्लेख गर्दे उनले नेपाली सेनाको प्रशंसासमेत गरे । प्रधानमन्त्री ओलीले हिंसाको बाटोमा लागेकालाई शान्तिपुर्ण राजनीतिको मुलधारमा फर्काएको र विखण्डनवादको पनि अन्त्य भएकाले नेपाल नयाँ युगमा प्रवेश गरेको बताए ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *