माओवादी केन्द्रमा फर्किने सम्भावना छैन : लेखराज भट्ट

२६ फागुन, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आफूहरु नेकपा माओवादी केन्द्रमा फर्किने सम्भावना नरहेको बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले माओवादी केन्द्रले सरकारलाई समर्थन फिर्ता लिए पनि आफूहरु फर्किने सम्भावना नरहेको बताए ।
पत्रकारको प्रश्नको जवाफ दिँदै उनले भने, ‘हामी छलफलमा छौं, प्रधानमन्त्रीज्यूसँग पनि छलफल गरिरहेका छौं । समर्थन फिर्ता लियो भनेपनि पार्टी (माओवादी केन्द्रमा) मा फर्किने सम्भावना मैले देख्दिन ।’
२०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा भट्ट माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । सर्वोच्च अदालतको फैसलाबाट नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि हाल सरकारमा रहेका माअ‍ोवादी केन्द्रका नेताहरु के गर्छन् भन्ने चासो छ ।
सांसद पद गए पनि एमाले नछोड्ने ? भन्ने पत्रकारको प्रश्नमा उनी भन्छन्, ‘पुरानो पार्टीमा नफर्किँदा सांसद पद जाने÷नजाने बारेमा छलफल गर्दैछौं । के हुन्छ ? सोचेर निष्कर्ष निकाल्छौं ।’
आफूहरु एकता पक्षधर रहेको भन्दै उनले फेरि पनि एमाले र माओवादीबीच एकताको सम्भावनाका बारेमा समेत छलफल भइरहेको बताए ।
‘हिजो एकता भएको हो । हामी एकतामा केपी कित्तामा लागेको हो । हामीले हिजोको विचार, हिजोको एकता, हिजोको नेतृत्व, विचारको नेतत्व गर्नुपर्छ भनेर त्यता उभिएका थियौं । अहिले नयाँ परिस्थिति सिर्जना भएको छ । नयाँ परिस्थितिमा हामी कसरी जाने भन्ने बारेमा गृहकार्य भइरहेको छ,’ भट्टले भने ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *