नेपाल बैंकको ६१औं वार्षिक साधारण सभाले पारित गर्यो १६ प्रतिशत लाभांश

काठमाडौं- नेपाल बैंक लिमिटेडको ६१औं वार्षिक साधारण सभाले १६ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ । सभामा बैंकको आर्थिक वर्ष २०७६र७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७७ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७६र७७ को नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु पारित भयो ।
हालको चुक्ता पुँजी रु ११,२८,२८,२०,२००को ४ प्रतिशतका दरले हुन आउने रु ४५,१३,१२,८०८ ९अक्षेरुपी पंतालिस करोड तेह्र लाख बाह्र हजार आठ सय आठ नगद लाभांश लाभांश कर समेत र चुक्ता पुँजीको १२ बाह्र प्रतिशतका दरले हुन आउने रु १,३५,३९,३८,४२४ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव  पारित गरेको छ ।
बोनश सेयर वितरणबाट बैंकको साविक जारी तथा चुक्ता पुँजीमा वृद्धि गरी रु १२,६३,६७,५८,६२४ ९अक्षेरुपी बाह्र अर्ब त्रिसठ्ठी करोड सतसठ्ठी लाख अन्ठावन्न हजार छ सय चौविस कायम गर्ने पारित गरेको छ ।
सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ तीन जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम मतदान प्रकृयामार्फत सम्पन्न भई विवेक शमशेर ज.ब.रा विष्णु कुमार अग्रवाल र कर्मचारी सञ्चय कोषका प्रतिनिधि ओम कृष्ण श्रेष्ठ सञ्चालक पदमा निर्वाचित भएका छन् ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *