सुन प्रतितोला ८ सयले घट्यो


काठमाडौं साताको पाँचौ दिन बिहीवार सुनको मूल्य घटेको छ। बिहिबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको छ।बिहीवार छापावाला सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।यसअघि बुधवार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।  त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।बिहीवार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । बिहिबार १५ रुपैयाँले घटेको चाँदी प्रतितोला एक हजार २ सय ४५ मा कारोबार भइरहेको छ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *