जगदम्बा(श्री तथा मदन पुरस्कार समर्पण समारोह

काठमाण्डौ, विसं २०१३ देखि निरन्तर भइरहेको मदन पुरस्कार समारोह तथा २०४५ सालदेखि शुरू भएको जगदम्बा(श्री सम्मान कार्यक्रम यसपटक अनलाइन मार्फत् प्रसारण हुन लागेको छ।
ूकोभिड महामारीका कारण प्रत्यक्ष भेट्न नसकेपनि सूचना प्रविधि मार्फत् सबैतिर फैलन पाउँदा हामी उत्साहित छौँ,ू मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले भन्नुभयो।
आज कात्तिक २ गते अपरान्ह ३स्०० बजेको समारोहमा नैनीतालबाट इतिहासकार शेखर पाठक, सिलिगुडीबाट शान्ति ठटाल ९जगदम्बा(श्री सम्मानित० र पोखराबाट चन्द्रप्रकाश बानियाँ ९मदन पुरस्कार सम्मानित० समारोहमा जोडिनुहुनेछ।
डा। पाठकले आफ्नो विद्वद् प्रवचनमा महाकाली नदी वारि(पारिको ऐतिहासिक सम्बन्धका विषयमा बोल्नुहुनेछ। दार्जीलिङरसिक्किम, बिहार र उत्तरप्रदेशसँग नेपालको सम्बन्धका विषयमा चर्चा भइरहेपनि पश्‍चिम सिमाना क्षेत्र नजिकका उत्तराखण्ड(कुमाउँसँगको सम्बन्धका विषयमा कम चर्चा भइरहेको सन्दर्भमा प्रसिद्ध इतिहासकार शेखर पाठकको प्रस्तुति सूचनामूलक हुनेछ।
जगदम्बा(श्रीद्वारा सम्मानित साधक शान्ति ठटालज्यूले आफ्नो साङ्गीतिक यात्राको चर्चा गर्नुहुनेछ भने पोखराबाट ुमहारानीु पुस्तकका लागि मदन पुरस्कारबाट सम्मानित चन्द्रप्रकाश बानियाँज्यूले पुस्तक लेखन पछाडिका तयारी र अनुभवहरू सुनाउनुहुनेछ।
आजको यस समारोह अनलाइन मार्फत् सम्पन्न भएपनि महामारीरबन्दाबन्दी पश्‍चात् गुठीका सदस्यहरू सिलिगुडी र पोखरा गएर जगदम्बा(श्री तथा मदन पुरस्कार सम्मान हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ।
मिडिया सञ्चालक, सम्वाददाता तथा सम्पादकज्यूहरू, यहाँहरूका लोकप्रिय ुपोर्टलु मार्फत् एक घण्टा लामो मदन पुरस्कार गुठीको सम्मान समारोह दर्शक(स्रोता सामू पुगोस् भन्ने अनुरोध गर्दछौँ। एउटा सभाहलमा ३(४ सय निम्तालु माझ हुने गरेको समारोह अब देश र विदेशमा रहनुहुने सबैले हेर्नरसुन्न सक्नुहुनेछ भन्ने आशा गरेका छौँ।
यस नयाँ प्रयोगमा गुठीले तपाइँको उत्साहपूर्ण सहयोगको अपेक्षा राखेको छ। सूचना आजैमात्र यहाँ समक्ष पुर्‍याउन सकेकोमा हामी क्षमाप्रार्थी छौँ।
यहाँको ुपोर्टलुले यस लिङ्क मार्फत् समारोह दर्शक समक्ष प्रस्तुत गर्न सक्नेछ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *