प्रहरीका हाकिमको गोजिमा चोरीका मोबाइल !

काठमाडौ । चोरी तथा भन्सार छलीका समान बेच्नेलाई पक्राउ गरेर कानूनी दायरामा ल्याउनु पर्ने प्रहरीका हाकिम आफै चोरीका समान सस्तो मूल्यमा किन्ने गरेको खुलेको छ। उनीहरुले भारतीय बजारबाट आउँने चोरीका मोबाइल बेच्ने सर्लाहीका बलराम साहबाट त्यस्ता मोबाइल सस्तोमा किन्ने गरेका हुन्।
यो तथ्यले चोरीका मोबाइल बेच्ने तस्करले प्रहरीका हाकिमलाई प्रभावित पार्ने गरेको खुलेको छ। साहले चोरीका महंगा मोबाइल प्रहरीका हाकिमलाई लामो समयदेखि बेच्दै आएका छन्। सामान्यतया मोबाइल बेच्दा अनिवार्य बिल चाहिन्छ। तर, साहले प्रहरीलाई समेत कुनै पनि मोबाइलको बिलनै नदिई महंंगा मोबाइल बेच्दै आएका छन्। साह चोरीका मोबाइल झोला भरी बोकेर प्रहरी मुख्यालय नक्सालमै पुग्ने गरेका छन्।
प्रहरीका अधिकांश हाकिम आँफै फोन गरेर साहलाई मोबाइल मगाउनेदेखि बिग्रेका मोबाइलसमेत बनाउन लगाउने गरेको प्रहरी मुख्यालयका एक प्रहरीले बताए। ‘बलराम साह हामी जुनियर प्रहरीसँग बोल्दैन झोला भरी मोबाइल बोकेर हिडेको हुन्छ। प्रहरीका हाकिम नचिनेको कुनैपनि छैन् बिल नै नभएका मोबाइल बेच्दा पक्राउ पर्नु पर्ने हो, तर सबै हाकिमलाई सस्तोमा महंगो मोबाइल दिएपछि के पक्राउ पथ्र्यो,’ ती प्रहरीले भने।
कालीमाटी क्षेत्रलाई मूख्य आधार बनाएर मोबाइलको कारोबार गर्ने साह प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०, प्रहरी एकेडेमी महाराजगञ्ज, महानगरीय प्रहरी परिसर टेकुसम्म पुगेर मोबाइल बेच्ने गरेको ती प्रहरीको भनाइ छ। लकडानकै बीचमा पनि साहले थुप्रै प्रहरीका हाकिमलाई भेटेर अबैध मोबाइल बिक्री गरेको खुलेको छ।
साहबाट चोरी तथा बिलनै नभएको मोबाइल प्रहरीकै उच्च अधिकृतले किनेको खुले छानविन हुने नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० कुवेरसिंह कडायतको भनाइ छ। ‘मोबाइल मात्रै होइन् अन्य कुनैपनि सामग्री किन्दा बिल अनिवार्य हुन्छ। अझ भन्सार तिरेर आउँने मोबाइलहरुको झन अवस्यकनै पर्छ। अप रा धीलाई कानुनी दायरामा ल्याउने प्रहरीका अधिकृतनै सानो लोभमा फ स्नु हुँदैन्। त्यो त राज्य विरुद्धको धोका हो,’ एसएसपी कठायतले भने, ‘त्यसरी चोरीका मोबाइल किनेको पुष्टि भए आवस्यक कारवाही हुन्छ।’ यो समाचार महेन्द्रनगरपोष्टवाट हामीले साभार गरेका हौं ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *