आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौंः आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ । आइतबारको तुलनामा सोमबार चाँदी प्रतितोला १० रुपैयाँले बढेको हो ।
आइतबार ९५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन सोमबार स्थिर रहँदै सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यस्तै, तेजावी सुन पनि प्रतितोला ९५ हजार १ सय रुपैयाँमै कारोबार भइरहेको छ ।
चाँदी भने आज १० रुपैयाँले बढेर प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *